गृहपृष्ठ » समचारटिप्पर दुर्घटनामा चालकको मृत्यु

टिप्पर दुर्घटनामा चालकको मृत्यु

May 5, 2016९७ पटक
प्रकाशित मिति: बिहिबार, बैशाख २३

पाल्पा । पाल्पाको दोभान–६ पानीमिल नजिकै आज बिहान टिप्पर दुर्घटनामा चालकको मृत्यु भएको छ । घटनास्थलमै मृत्यु हुनेमा २२ वर्षीय चालक धादिङ जिल्लाको धार्के–४ का हरिबहादुर सारु रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

दोभान–६, पानी मिलबाट श्रीडाँडातर्फ जाँदै गरेको लु १ ख ४६३१ नम्बरको टिप्पर दुर्घटना भएको हो । टिप्परमा चालक मात्र रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण