गृहपृष्ठ » मनोरञ्जन, विशेषयश कुमार बुटवल आउँदै

यश कुमार बुटवल आउँदै

May 5, 2016२४६ पटक

टक सुनार

बुटवल ,बैसाख २३ । नेपाली समाजमा ब्याप्त जातिय बिभेद तथा छुवाछुत बिरुद्ध गित संगित तथा चलचित्र मार्फत आवाज उठाउँदै आएका कलाकार यश कुमार बुटवल आउने भएका छन । बिभिन्न दलित सम्बद्ध संस्थाहरुको आयोजनामा बैसाख २६ गते आइतबार हुने सम्मान कार्यक्रममा सम्मान थाप्नका लागि नायीका अशिष्मा नकर्मी सहित उनि बुटवल आउने भएका हुन ।bato-muni-2

छुवाछुतको बिषय बस्तुलाई समेटेर निमार्ण गरिएको चलचित्र बाटो मुनिको फुल निमार्ण पछि नेपाली चलचित्र क्षेत्रमा नयाँ आयाम भित्रिएको थियो । बाटो मुनिको फुलको सिक्वयल बाटोमुनिको फुल २ अहिले देशै भरका सिनेमा घरहरुमा प्रर्दशन भइरहेको छ । भ्यु सिनेमा हल बुटवलमा हुने सम्मान कार्यक्रममा यश कुमार तथा अशिष्मा नकर्मीले बुटवलका दलित अधिकारकर्मीहरु संग सिनेमा हेर्नेछन । चलचित्रले देशै भर राम्रो ब्यापार गरिरहेको छ । सुन चादी ब्यवसायी संग बुटवल उपसाखाको आयोजनामा सम्मान कार्यक्रम हुन लागेको छ ।

पछिल्लो समयमा समाज परिवर्तनमा महत्वपुर्ण भुमिका खेलेको भन्दै बिभिन्न संघ संस्थाहरुले यश कुमारलाई सम्मान गर्ने क्रम बढीरहेको छ । कार्यसफलताका लागि दानवहरुको समाजलाई चुनौती दिदै मानवताको पक्षमा उभिएका कलाकार तथा समाजिक अभियान कर्ता यश कुमारलाई उज्यालो परिवारको शुभकामना ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण