गृहपृष्ठ » मुख्य समाचार, राजनीतिएमाले-एमाओवादी बिच ९ बुँदे समझदारी(पत्र सहित)

एमाले-एमाओवादी बिच ९ बुँदे समझदारी(पत्र सहित)

May 6, 2016१३४ पटक
काठमाडौं। सत्तारुढ दलहरु नेकपा एमाले र एनेकपा माओवादी बिच ९ बुँदे समझदारी भएको छ। सत्ता गठबन्धन धरापमा परेको स्थितीमा नाटकिय ढंगबाट बचेको साझेदारीलाई ९ बूँदे समझदारीले बचाउने प्रयास गरिएको छ।
12321372_592392717577493_1059463062965606073_n(1)
प्रधानमन्त्री निवास बालुवाटारमा एमाले र एमाओवादी बीच उक्त समझदारी भएको हो। पछिल्लो समयमा नेपाली राजनैतीक आकाशमा धेरै कयौं बुँदे समझदारीहरु भएका छन् तर कार्यन्वयनमा खासै प्रगति भएको पाईदैन्। यो ९ बुँदेले कता पुर्‍याउँछ त्यो त समयले बताउने छ।
अहिले भएको समझदारीले केपी शर्मा ओलीको प्रम पद जोगाएको छ भने द्वन्दकालिन मु्द्दा ब्युँतिरहेको अवस्थामा प्रचण्डलाई पनि केहि राहात मिलेको हुनु पर्छ। ९ बुँदामा अधिकांश बुँदाहरु द्वन्दकालिन मु्द्दा, शान्ति सम्झौता, शान्ति प्रकृया, संकरमणकालिन न्याय आदिका  बारेमा रहेका छन्।
वुधबार विहान एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीको नेतृत्वमा सरकार गठन गर्न दलहरुलाई आह्वान गरेपछि दिभर एमाले तनावमा रहेको थियो । साँझ बसेको एमाले बैठकले दाहाललाई मनाउने उपयुक्त विकल्प र व्यक्ति तयार गरी विहिबार विहानै दाहालको निवासमा पठाएको थियो।
दाहाललाई मनाउन एमाले उपाध्यक्ष बामदेव गौतमको भूमिका महत्वपूर्ण रहयो । गौतमले दाहालसंग भएको गोप्य सहमतिबारे यसअघि कसैलाई भनेका थिएनन्।
पहिलो बुदाँमा संविधान कार्यान्वयन र सामाजिक आर्थिक परिवर्तनका लागि अनुकुल वातावरण श्रृजना गर्न राष्ट्रिय सहमतिको सरकार बनाउन पहल गर्ने उल्लेख छ।
त्यसैगरि दोश्रो बुदाँमा संघीयता लगायतका विषयमा मधेश केन्द्रीत दलहरुले उठाएका विषयमा छलफल गरि राजनीतिक सहमतिका आधारमा टुङ्गो लगाउने उल्लेख छ।
तेस्रो बुँदामा बिस्तृत शान्ति संझौताको मर्म अनुरुप संकरमणकालिन न्याय सम्बन्धी कार्य गर्न ठोस कार्य तालिका सहित १५ दिनभित्र कानून संशोधन लगायतका प्रकृया अघि बढाउने
सहमतिका पाँच बुदाँ भने शान्ति प्रक्रियासँग सम्बन्धित रहेका छन्। जसमा संक्रमणकालिन न्याय सम्बन्धि कार्य अगाडि बढाउन १५ दिनको मिति समेत तय गरिएको छ।
सातौं बुँदामा सशत्र द्वन्दकाल र बिभिन्न समयमा राजनीतिक कारणले लगाईएका मुद्दाहरु फिर्ता, माफी, मिनाहाको प्रकृया अविलम्ब अघि बढाउने।
नेपाली काँग्रेसको समर्थनमा माओवादीको नेतृत्वमा नयाँ सरकार बनाउने प्रकृयाबाट एनेकपा माओवादीका अध्यक्ष पुष्प कमल दहालले ‘यु टर्न’ लिंदै अहिलेको सरकारलाई समर्थन गर्ने निर्णय गरेका थिए। नेपाली काँग्रेसले दहालले धोका दिएको बताईसकेको छ।
नेकपा एमालेका नेता द्वय झलनाथ खनाल र बामदेव गौतमले दहाललाई मनाएका थिए।
प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण