गृहपृष्ठ » साहित्य“आमा”-कविता

“आमा”-कविता

May 6, 2016२५९ पटक

Sotantraसोतन्त्र नेपाल

आमा,
मलाई उ त्यो जुन चाहियो
आमाले गमलाभरी पानी राखेर ल्याइदिनु भयो
त्यो गगनको जुन पनि उसकै समिपमा
र मज्जाले खेल्यो जुनसँग धोको पुग्नेगरी ।

आफ्नै गल्तीले भुइमा लडेर फहरिदा पनि
आमाले भुइलाई नै लात्तोले हान्दै
गर्नु भयो उसैलाई माया र दिनु भयो
फेरी उठन र लड्न सक्ने साहस ।

स्कुलमा गल्ती गरेको कारण
सरले उसलाई सजाय दिदापनी
आमा उल्टै सरसँग जानु भयो झगडा गर्न
र हुन दिनु भएन कहिलै एक्लोपनको महसुस,

आमा मलाई भालेको डाकोसँगै उठाइदिनु भनेर
उसले दिएको त्यो ठाडो आदेशको पालना गर्दै
बिहान सम्म कुरेर बस्नु भो त्यो भालेको डाकोलाई
र बनाइदिनु भो उसलाई समयपालक ।

जिन्दगीमा सफल हुन उसले दिएको हरेक परिक्षाहरुमा
उसले भन्दा धेरै मेहेनत, पुकार र तपस्या गरेर
बनाइदिनु भयो उसलाई एउटा सफल पुरुष
र खुडकिला बनीदिनु भो आमाले उसले चढेको शिखरहरुको

जन्माए, हुर्काए , बढाँए, पढाँए,
ठुलो मान्छे बनाए भनेर कहिलै गर्नु भएन कुनै माग
न गुनासो न त लिनु नै भो कुनै पारिश्रमीक
तर,
बाबु मेरो बुढेसकालको साहारा बनिदेउ
भनेर मात्र एउटा अनुरोध गर्दा
सन्तान त कुकुरले पनि जन्माउछन भन्दै
अन्धी आमालाई बृद्दाआश्रममा छोडेर
श्रीमती र छोरो लिएर अमेरीका पसेको छोरोले
आज बषौँपछी घर जग्गाको लालपुर्जामा टासेको
आमाको सादा फोटोलाई
मोबाइलबाट खिचेर राखिदियो फेसबुकमा

लेखिदियो
“ममताकी खानि, मेरी आमा”
Happy Mother’s Day” !

 

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण