गृहपृष्ठ » राजनीतिभारतीय मिडिया विश्लेषणःओली सरकार ढाल्ने भारतको रणनिती असफल

भारतीय मिडिया विश्लेषणःओली सरकार ढाल्ने भारतको रणनिती असफल

May 6, 2016११३ पटक

उज्यालो डेस्क , वैशाख २४ काठमाडौं। सत्ता गठबन्धनमा नाटकीय रुपमा देखिएको हलचल नाटकीय रुपमै थामथुम भएको छ । एमालेको साथ छोडेर कांग्रेसको बलमा सत्ताको नेतृत्व लिन खुट्टा उचालिसकेका एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एकाएक लिकमा फर्किएका छन् ।उसो त सत्ता जोगाउन एकिकृत मा12321372_592392717577493_1059463062965606073_nओबादी र एमाले बिच बिहिबार राती ९ बुँदे लिखित समझ्दारी समेत भएको। यी घट्नाक्रमका बिच प्रचण्ड शक्ति केन्द्रहरुको बलिको बोको हुनबाट बचेका छन्  नै प्रचण्डको धमिलिन थालेको छवि पनि धुमिल हुनबाट जोगिएको छ भनेर जनस्तरमा विश्लेषण समेत गरिन थालिएको छ ।बिश्लेषकहरुले  ओलि सरकार ढाल्ने भारतिय मिसन  हो भनेर बताइरहंदा छिमेकी राष्ट भारतमा समेत यस्ले राम्रै चर्चा पाएको छ।

भारतले चाहेको जस्तो गरि ओली सत्ता विस्थापित नभएपछि नेपालमा मात्र नभएर भारतमा पनि यसको तरंग देखिएको छ । विगत ३ दिनमा नेपाली राजनीतिमा देखिएका नाटकीय छालहरु विस्तारै विश्रामित हुँदै गर्दा यसको तिव्र तरंग दिल्लीमा पनि देखिएको छ ।


ओलीले संसद संबोधनमा स्थापति गर्न खोजेका ८ एजेण्डा

ओली सरकार ढाल्ने कसरत असफल भएको केही घण्टामै भारतीय विदेश मन्त्रालयले नेपालमा विकाश भएको राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालीरहेको बताएर चासो ब्यक्त गरेको थियो ।

नेपालका प्रधानमन्त्री केपी ओलीले संसदमा भाषण गरिरहेको बेला दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले, ‘यो नेपालको आन्तरिक मामला हो । मैले टिप्पणी गर्नु उपयुक्त हुँदैन । तर नेपालको निकट मित्र भएकाले हामीले नेपालको राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेका छौं’ भनेका थिए ।

ओली सरकार ढाल्न प्रचण्डलाई दबाब दिने को-को ?

ओली सरकार ढाल्ने भारतीय मतियार बनेका भनिएका कांग्रेस सभापति शेर बहादुर देउवा असफल भएपछि नेपाली राजनीतिमा उठेको तरंग आफै सेलाएको थियो । एनेकपा माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बनाउनेबारे बुधबार कांग्रेस र एमाओवादीबीच नयाँ सत्ता गठबन्धनको समझदारी भए पनि नाटकीय रुपमा बिहीबार सरकार परिवर्तनको विषयबाट एमाओवादी पछि हटेको विषयलाई भारतीय सञ्चार मााध्यमले हेडलाइन समाचार बनाएका छन् । कतिपय मिडियाले भारतीय रणनीति नेपालमा एक पटक फेरी असफल भएको समेत भनेका छन् ।

दि इकोनोमिक्स टाइम्सले एमाओवादी अध्यक्ष प्रचण्डले ओलीलाई समर्थन जारी गर्ने निर्णय गरेपछि दिल्ली एक पटक पुनः परीक्षित भएको (अर्थात असफल भएको) भन्दै समाचार फिचर प्रकाशित गरेको छ । पछिल्लो विकाश क्रमले दिल्ली निराश रहेको समेत उक्त समाचार माध्यमले जनाएको छ । प्रधानमन्त्री ओलीले मधेशी समस्या समाधान गर्ने मुखे प्रतिबद्धता जनाएपनि यसका लागि ठोस कदम नचालेपछि दिल्ली निराश बनेको समेत उक्त सञ्चार माध्यमको भनाइ छ ।

उक्त पत्रिकाले लेखेको छ, “माओवादीका अध्यक्ष प्रचण्ड पनि सरकारको काम कारबाहीबाट सन्तुष्ट थिएनन्। त्यसैक्रममा उनले आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय सार्वजनिक गरेका थिए। तर २४ घन्टा नबित्दै उनी यू टर्न भए। प्रचण्डले नौ महिना सरकार चलाउने गरी शेरबहादुर देउवासँग सहमति भएअनुसार प्रचण्डले सरकार छाड्ने तयारी गरेका थिए”।

हिन्दुस्तान टाइम्सले पनि प्रचण्डले यू-टर्न गरेको भन्दै हेडलाइन समाचार बनाएको छ । प्रचण्डले आफू प्रधानमन्त्री बन्ने आश्वासन ओलीबाट पाएपछि ओली सरकारसँगको असन्तुष्टिका बाबजुद पनि यही सरकारलाई निरन्तरता दिने पक्षमा उँभिएको उक्त पत्रिकाले लेखेको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण