गृहपृष्ठ » विशेष, समचारऐतिहाशिक देवदहमा बुद्धकालिन कोल भेटियो

ऐतिहाशिक देवदहमा बुद्धकालिन कोल भेटियो

May 6, 2016३१० पटक

टक सुनार

सुनवल (नवलपराशी )बैसाख २४ । नवलपराशीको सुनवल–७ तर्गोलीमा रहेको बुद्धकालिन देवदह पोखरीमा तोरी पेल्ने कोलको माथिल्लो भाग भेटिएको छ । पोखरी सफा गर्ने क्रममा डुवेको अवस्थामा कोल फेला परको स्थानिय बासिन्दा कृष्ण काफ्लले जानकारी दिनु भयो । काठको मुढा जस्तो मानेर चिर्न खोजेका थियौँ तर पछि अनौठो लागेर बृद्धहरुलाई सोध्दा कोल भएको बताए उहाँले भन्नु भयो । कोल ज्यादै पुरानो देखिएकाले बुद्धकालिन भएको स्थानियको दावी छ ।

६ फिट २ इन्च लामो कोल आधा काटिएको अवस्थामा रहेको छ । कोल भेटिए संग कोल हेर्ने मानिसहरुको घुइचो लागेको छ । उक्त कोल लामो समय देखि पोखरीमा रहेको र आफुहरुले बाल्यकालमा सोही कोलमा चढेर पौडी खेलेको स्थानिय बृद्ध खेम बहादुर थारुले बताउनु भयो । स्थानिय पाका पुस्ताका अनुसार बुद्धकालिन समयमा पोखरीमा देवताको बास रहेको र देवताले आफ्नो हात्तिलाई सोही कोलको खम्बामा बाधेर राख्ने गरेको र केही समय पश्चात फलामे सिक्री चुडालेर हात्ति भागेको थियो ।kol copy

हात्ति नभएपछि कोल बेवारिसे बन्दै आएको स्थानिको बिश्वास रहेको छ । पोखरी मुठ्ठी आकारको छ , पोखरीको पानि सुख्खा समयमा पनि नसुक्ने र बर्षातको समयमा नबग्ने बिषेशता रहेको छ । पोखरीको पानि सुकेका खण्डमा गाउँमा अनिष्ट हुने भोकमरी मच्चिने स्थानियको बिश्वास छ । पोखरीमा बाहै्र मास कमलको फुल फुलिरहेको हुन्छ । केही समय अगाडी पनि पोखरी सफा गर्ने क्रममा बुद्धकालिन स्तुपा भेटिएको थियो स्तुपा पोखरी नजिकैको मन्दिरमा सुरक्षित साथ राखिएको छ ।

देवदह पोखरीलाई लुम्बिनी बिकाश कोषले १० लाख रुपैया प्रदान गरेको र सो रकम बुद्ध भिक्षुहरुको बास स्थान निमार्णमा खर्चेको ऐतिहाशिक देवदह पोखरी संरक्षण लेखा समितीका सदस्य खुमानन्द न्यौपानेले जानकारी दिनु भयो । देवदह पोखरीलाई पर्यटकिय स्थलको रुपमा बिकाश गरेर पर्यटक भित्राउन लागिपरेको ऐतिहाशिक देवदह पोखरी संरक्षण समितीका अध्यक्ष टेक बहादुर कार्कीको भनाई छ । देवदह पोखरीको नाममा रुपन्देहीको देवदहमा कृतिम पोखरी निमार्ण गरिएता पनि लुम्बिनी बिकाश कोषले तर्गौलीकै पोखरीलाई आधिकारीकता दिएका कारण पोखरीको सुन्दरतामा पढवा हुने खालका बिभिन्न योजना निमार्ण गरेर पोखरी संरक्षणमा लागि पर्ने उहाको प्रतिबद्धता छ ।
आफुहरुले धेरै दवाव दिदा पनि सुनवल नगरपालिकाले भने वेवास्ता गरेको उहाको दुखेसो छ । देशका बिभिन्न स्थानमा रहेका यस्ता ऐतिहासिक सम्पदाहरुको संरक्षण र प्रचार प्रसार गर्न सकेका खण्डमा दैनिक लाखौको संख्यामा बिदेशीने युवाहरुलाई स्वदेशमै स्वरोजगार बनाउन सकिने देखिन्छ । यस तर्फ सबैले सोच्नु जरुरी छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण