गृहपृष्ठ » समचारसामुदायिक वन उपभोक्ता महासंघ, गढवा इलाकाको भेला आज सम्पन्न

सामुदायिक वन उपभोक्ता महासंघ, गढवा इलाकाको भेला आज सम्पन्न

May 6, 2016५७ पटक

बेगम महरा गढवा बैशाख २४ । सामुदायिक वन उपभोक्ता महासंघ, गढवा इलाकाको भेला आज शुक्रवार गढवामा सम्पन्न भएको छ । भेलाले इलाका महासंघ अन्र्तगत गढवा र गंगापरस्पुर गाविसमा रहेका सवै  सामुदायिक वन समूहहरुलाई आगामी जेठ मसान्तभित्र वन महासंघमा आवद्धता नविकरण गर्ने निर्णय गरेको छ । यसैगरी वन महासंघको घोराहीमा निर्माणाधिन भवनकालागि गढवा इलाका महासंघले दुइ लाख ५० हजार रुपैया वन समूहहरुबाट संकलन गरी आगामी असार मसान्तभित्र पठाउने निर्णय पनि भेलाले गरेको छ ।यसैगरी इलाका महासंघको भवन निर्माण कार्य थालनी गर्नकालागि इलाका महासंघ अन्र्तगतका सवै वन समूहहरु र  वन तथा वातावरण संरक्षण समन्वय समिति गढवासँग सम्युक्त बैठक बसी आवश्यक प्रक्रिया अघी बढाउने निर्णय गरेको छ ।
यसैगरी भेलाले देउखुरीको गंगापरस्पुर ८ बाँकीका अग्निपिडितहरुकालागि घर निर्माणका लागि आवश्यक पर्ने काठ सहज तरिकाले उपलब्ध गराउन सम्वन्धित वन समूह र सरोकारवाला निकायलाई अनुरोध पनि गरेको छ । जेठ १८ गते परेको वन महासंघ नेपालको २१ औ स्थापना दिवस बिबिध कार्यक्रम गरी मनाउने निर्णय भेलाले गरेको छ । गढवा इलाका महासंघका अध्यक्ष लालबहादुर भण्डारीको अध्यक्षता एंव वन महासंघ दाङका महासचिव लक्ष्मी योगीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वन महासंघका जिल्ला सचिव हेमराज शर्माले वन महासंघले जिल्लामा थालेको अभियानका बारेमा जानकारी गराउनु भएको थियो । भेलामा वन महासंघका जिल्ला सदस्यहरु उमाकान्त पन्त, रामलक्ष्मण साह सकुन्तला डिसी लगायतकाले बोल्नु भएको थियो । इलाका महासंघका उपाध्याक्ष रुमा आर्यालको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममको सहजिकरण महासचिव ओभा पाठकले गर्नु भएको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण