गृहपृष्ठ » अार्थिकबहुउद्देश्य कृषि तथा च्याउ फर्मको तेस्रो सार्वजनिक सुनुवाई

बहुउद्देश्य कृषि तथा च्याउ फर्मको तेस्रो सार्वजनिक सुनुवाई

May 6, 2016८७ पटक

च्याउको बिउ बिक्रीबाट सात महिनाको अवधीमा १० लाख बढीको आम्दानी

बेगम महरा सिसहनियाँ २४ वैशाख । बहुउद्देश्य कृषि तथा च्याउ खेती फर्म लालमटिया ५ मौरीघाटले सात महिनाको अवधीमा १० लाख ९१ हजार ९ सय ३० रुपैयाँ बराबरको आम्दानी गर्न सफल भएको छ ।
साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाको आर्थिक सहयोगमा फर्मले शुक्रवार आफनै फर्ममा आयोजना गरेको तेस्रो सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत यस्तो जानकारी गराइएको हो । कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्दै फर्मका सञ्चालक दोर्णबहादुर जिसीले रिजमको २१ लाख ७ हजार २२ रुपैयाँ ५० पैसा अनुदान र फर्मको २८ लाख ६९ हजार ५६ रुपैयाँ ३५ पैसा गरि कुल ४९ लाख ६९ हजार ७ सय ७८ रुपैयाँ ८५ पैसाको कुल लागतमा फर्म निमार्ण गरि १८ हजार १ सय ९८ पोका बिउ उत्पाद गरि सकेको बताउनु भयो । जसमा फर्मले असोज महिनामा ९३ हजार २ सय ४० रुपैयाँ, कार्तिकमा १ लाख ३० हजार ७ सय ५५ रुपैयाँ, मंसिरमा २ लाख ५४ हजार १० रुपैयाँ, पुसमा १ लाख ६४ हजार ८ सय ४० रुपैयाँ, माघमा १ लाख ७४ हजार ४ सय ७५ रुपैयाँ , फागुनमा १ लाख ५१ ह्जार ३ सय ६० रुपैयाँ र चैतमा १ लाख ५८ हजार ८ सय ५० रुपैयाँ आम्दानी विवरण समेत प्रस्तुत गर्नु भएको थियो । २०७१ माघमा फर्म स्थापना भई २०७२ असोजबाट उत्पादन दिन सुरु गरेको फर्ममा हाल कन्या, दुधे र गोब्रे जातको च्याउको बिउ उत्पादन भइरहेको संचालक जिसीले बताउनु भयो । हाल फर्मबाट उत्पादन भएको बिउ दाङ जिल्ला सहित बाके, बर्दिया, सुर्खेत, रुकुम, सल्यान, कपिलवस्तु र बैतडी जिल्लामा समेत खपत भइरहेको बताउनु भयो । हाल च्याउको बिउको माग अत्याधिक भएकाले किसानहरुलाई पु¥याउन निकै गाह्रो भएको सञ्चालक जिसीले बताउनु भयो । फर्मका सञ्चालक दोर्णबहादुर जिसीको अध्यक्षता एवम् रास नेपालका जिल्ला संयोजक हरि शर्माको प्रमुख आतिथ्यता एवम् लालमटिया गाविस सचिव मंगलप्रसाद चौधरीको विशिष्ट आतिथ्यतामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा यु.एस कृषि फर्मका प्रबन्धक विष्णु अधिकारी, शिखर लघु उद्यम च्याउ खेती फर्मका अध्यक्ष दिबहादुर विष्ट, पत्रकारहरु ओमप्रकाश गुप्ता, विदुर एम.सी, कमल गिरी, कृषि प्राविधिक रेशमबहादुर रावत र रास नेपालका सहजकर्ता गोपाल नेपाली लगायतका वक्ताले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । फर्मका प्रबन्धक विमला पन्त जिसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन पत्रकार सन्तोषकुमार गुप्ताले गर्नु भएको  थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण