गृहपृष्ठ » समचारबदेलको आक्रमणबाट १० जना बढी घाईते

बदेलको आक्रमणबाट १० जना बढी घाईते

May 7, 2016७९ पटक

सल्यान, २५ बैशाख
सल्यानमा बदेलको आक्रमणबाट १० जना घाईते भएका छन् । सल्यानको पश्चिमी क्षेत्र देवस्थल, मुलखोला, घाँजरीपिपल गाउँ विकास समितिमा बदेलले आक्रमण गर्दा १० जना बढी घाईते भएका हुन् ।

घाईते हुनेहरुमा देवस्थल गोपाल विष्ट, चिनबहादुर सार्की, गोविन्द पुन, मुलखोला ८ राउँचेका नविन साहु, अम्मर बस्नेत, घाँजरीपिपल ८ सुनौलीवजारका अम्मर वस्नेत, खामखोलीका टेकबहादुर बुढा लगायतका रहनुभएको छ । जँगलमा खडेरीका कारण पानीको मुहानहरु सुके पछि खोलामा पानी खाना झरेका बँदेलले स्थानीयलाई आक्रमण गरेको थियो ।

घाइते अम्मर बस्नेत र गोपाल विष्टको अबस्था गम्भिर रहेकाले सल्यानमा प्रारम्भीक उपचार पछि थप उपचारका लागि नेपालगञ्ज लगिएको छ । गाउँमा पसेर बदेललले आक्रमण गर्न थालेपछि स्थानीयहरु त्रसित बनेका छन् ।।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण