गृहपृष्ठ » मुख्य समाचार, राजनीतिनेपाली राजनीतिमा मोदीको पराजय हेर्नुहोस् मोदी हारका श्रृखला

नेपाली राजनीतिमा मोदीको पराजय हेर्नुहोस् मोदी हारका श्रृखला

May 7, 2016१७० पटक
12321372_592392717577493_1059463062965606073_n
काठमाडौं बैशाख २५ ।
नेपालमा राजनीतिका ७२ घण्टा निकै नाटकीय रुपमा विते । राष्ट्रिय–अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको यो तहको दौडधूप भयो कि केपी ओली नेतृत्वको सरकार सामुने ठुलो चुनौति आइलाग्यो । सरकार ढाल्ने र बचाउने खेलमा क्रमश दिल्ली र बेइजिङले चासो व्यक्त गरे, भित्र–भित्र भूमिका पनि निभाए । अन्तिममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मिसन असफल बन्यो । नेपालको राजनीतिमा उनले अर्को धक्का खानुप¥यो । आफ्नो हरेक कदममा हार खानुपरेपछि मोदीले त्यसको प्रतिक्रियामा नेपालको राजनीति र नेपाली जनजीवनलाई कठिन बनाउने खेल अगाडि सारे, जसले नेपाल–भारतवीचको सम्बन्धलाई नै विगारिदियो ।मोदी हारका श्रृखला


१–संविधान रोक्न असफल
गत बर्ष असोज ३ गते संविधान जारीपूर्व अन्तिम समयमा आएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले त्यसलाई रोक्न कोशिष गरे । विदेश सचिव एस जयशंकरलाई काठमाडौं पठाए । मोदीको सन्देश लिएर काठमाडौं आएका जयशंकरले तत्कालीन प्रधानमन्त्री सुशील कोइरालादेखि प्रचण्डसम्मलाई भेट गरे । भेट मात्र गरेनन्, धम्की दिए र केही आश्वन पनि । उनको उदेश्य ३ गते जारी हुन थालेको संविधान रोक्नु थियो । तर, दिल्लीको यो चासोलाई प्रचण्डले अस्वीकार गरिदिए । त्यहीँबाट शुरु भएको उनको पार्टीभित्रको विवाद बाबुराम भट्टराईसँग सम्बन्ध विच्छदेको तहमा पुग्यो ।

भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित डोभाल यो मिसनमा असफल बने । जसको धक्का मोदीले पर्यो । नेपाली नेताहरुले संविधान जारीभएपछि राष्ट्रिय आत्मसम्मानका साथ संविधान जारी भएको बताए । यद्यपी त्यतिबेला तराई–मधेशका समस्या थिए । उनीहरुका समस्या हल भएका थिएनन । र आज पनि समस्या यथावत छन् । संविधान रोक्न नसकेको भारतले त्यसको कार्यन्वयनमा समस्या पैदा गराईरहेको छ । तराई–मधेशमा आन्दोलनरत दलहरुलाई काठमाडौंसँग सम्झौता भन्दा संघर्ष गर्न उस्काईरहेको छ । नेपालको संविधान घोषणा भएपछि रुस्ट देखिएको भारतीय पक्षले संविधानमा ७ बुदाँ हेरफेर गर्न दबाब नै दिएको थियो । नेपाली नेताहरुले त्यसलाई अस्वीकार गरिदिए ।

२ –ओलीलाई रोक्न सकेनन्


नेपालमा नयाँ संविधान जारी भएलगत्तै भारतीय चासो नयाँ प्रधानमन्त्री कसलाई बनाउने भन्नेमा देखियो । प्रचण्डले आत्मनिर्णयको अधिकारसहित केपी ओलीलाई प्रधानमन्त्री बनाउने रोडम्याप तयार पारे । दिल्लीले यसलाई रोक्न खोज्यो । धम्कीदेखि पैसासम्मको चलखेल लैनचौरस्थित भारतीय दूतावासबाट आयो । भारत सुशीललाई नै प्रधानमन्त्री बनाउन चाहन्थ्यो । त्यहीँकारण भद्र सहमति छाडेर सुशील प्रधानमन्त्रीको दौडमा उत्रिए ।

संविधानसभा वहिस्कार गरेर आन्दोलनमा उत्रेका तराई–मधेशका दलपनि सुशीललाई भोट हाल्न काठमाडौं आए, यसमा भारतीय रसायनले काम गरेको रुपमा हेरियो । अन्तमा ओलीलाई प्रधानमन्त्री बनाउने खेलमा प्रचण्ड पास भए भने मोदी फेल । असोज २४ गते जव सानदार बहुमतका साथ ओली प्रधानमन्त्रीका रुपमा बिजय भए, मोदीले नेपाली राजनीतिमा अर्को हार खानुपर्यो । हारको बदला नाकाबन्दीको तहमा पुग्यो । संविधान जारी भएपछि प्रमुख तन दललाई प्रधानमन्त्रीको कुर्सी देखाएर फुटाउन भारत सफल भएको थियो । काँग्रेस भद्रसहमतिबाट पछाडि हटनुको कारण पनि त्यहीँ नै थियो ।

३–ओलीलाई हटाउन सकेनन्


आफ्नो विरोध हुँदाहुँदै पनि प्रधानमन्त्रीमा ओली आएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ओली हटाउने मिसन शुरु गरेका थिए । उपयुक्त समयको खोजीमा थिए । काँग्रेस महाधिवेशनपछि ओलीलाई हटाउन सकिने योजना दिल्लीले तयार पारेको थियो । काँग्रेस महाधिवेशनले शेरबहादुर देउवालाई सभापतिमा चयन गर्यो । लगत्तै दिल्लीले उनलाई भावी प्रधानमन्त्रीका रुपमा अगाडि सार्ने योजना बनायो ।

दिल्लीको दौड पनि गरे देउवाले
देउवाले प्रचण्डसँग आफुलाई प्रधानमन्त्रीका रुपमा सहयोग गर्न आग्रह गरे । तर, प्रचण्डले त्यसलाई अस्वीकार गरे । त्यसपछि दिल्लीले देउवा मार्फत प्रचण्डलाई प्रधानमन्त्री बन्न अफर पठायो । प्रचण्डले सहमतीय सरकार भए त्यसका लागि आफु तयार भएको जनाए । यसै अनुसार पार्टीभित्र निर्णय गराएर विज्ञप्ती जारी गरे । तर, एमाले र बेइजिङ त्यसको पक्षमा देखिएनन् । प्रचण्ड आफ्नो कदमबाट पछाडि हटे । एमालेकै सहयोगमा प्रधानमन्त्री बन्ने गरि उनले बैशाख २३ गते राती ९ बुँदे सहमति गरे । अव बजेटपछि सहमतिय सरकारको पहल एमालेले नै गर्नेछ र उम्मेदवार हुनेछन् प्रचण्ड । तत्काल सत्ताबाट ओलीलाई हटाउने दिल्लीको खेल फेरि पराजित भयो । बन्दै गरेको नेपाल–भारतवीचको विश्वासको वातवरण विग्रीयो ।

संविधान जारी हुनुपूर्व
प्रमुख चार दलवीच २५ जेठ ०७२ मा भएको १६ बुँदे सहमति भारतीय चासो र दवावविना भएको थियो । आफुहरुको चासो सम्बोधन नगरि प्रमुख दलहरुले संविधान निर्माणका लागि गरेको सहमति नेपालको संविधान निर्माणका लागि भारतको लागि धक्का थियो । त्यस अगाडिसम्म भारत सत्तारुढ र विपक्षीवीच दुरी बढाउन तथा संविधान निर्माण प्रक्रिया रोक्न सफल भएको थियो । jay shankar kp oli१६ बुँदे सहमति लगत्तै भारतीय अधिकारीहरुले त्यसमा आफ्नो समर्थन नभएको बताएका थिए । सार्क सम्मेलनमा नेपाल आएका भारतीय प्रधानमन्त्री मोदीले १६ बुँदेले तराई–मधेश केन्द्रित दलहरुको चासो र माग सम्बोधन नगरेको भन्दै उनीहरुलाई समेत लिएर संविधान बनाउन नेपालका प्रमुख दलका शीर्ष नेताहरुलाई सुझाव दिएका थिए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण