गृहपृष्ठ » राजनीतिरोल्पामा चिनियाँ कम्युनिष्ट पार्टीका सदस्य

रोल्पामा चिनियाँ कम्युनिष्ट पार्टीका सदस्य

May 7, 2016११४ पटक

काठमाडाैँ : चिनिया कम्युनिष्ट पार्टीका दुई जना प्रतिनिधिले शुक्रबार रोल्पाको भ्रमण गरेका छन् । सरकारले सदरमुकाम लिबाङमा निर्माण गरिरहेको प्राविधिक शिक्षालयको उनीहरुले स्थलगत अनुगमन गरेका थिए । ती प्रतिनिधिले माओवादी नेता र प्रमुख जिल्ला अधिकारीसँग छुट्टाछुट्टै भेट गरेर फर्केका हुन् ।

12321372_592392717577493_1059463062965606073_n

स्थानीय प्रशासनले भने ती प्रतिनिधि चिनियाँ दूतावासका भएको र सामान्य भेटका लागि जिल्ला आएको बताएको छ । तर एमाओवादीका कार्यकर्ताले चिनिया कम्युनिष्ट पार्टीका सदस्य भएको र भाइचारा सम्बन्धका आधारमा भेट गरेको बताएका छन् । शुक्रबार दिउँसो लिबाङ आएका उनीहरु ३/४ घण्टापछि फिर्ता भएका थिए । उनीहरुको नाम भने खुलाइएको छैन ।

स्रोतका अनुसार रोल्पामा रात बिताउने पूर्व योजनासहित आएका ती प्रतिनिधि समय कटौती गरेर फिर्ता भएका हुन् । उनीहरुसँग एमाओवादी र बैद्य माओवादीले आफ्ना कार्यकर्तासँग संयुक्त भेट गराउने विशेष योजना बनाएका थिए । तर पूर्व योजना अनुसार नभई ती प्रतिनिधिले निकै छोटोमा भेट गरेका थिए ।

शिक्षालयको अनुगमनपछि स्थानीय गुरुङगाउँको होम स्टेमा बास बस्ने योजना भएपनि चिनियाँ प्रतिनिधिहरु शुक्रबार नै फिर्ता भएका हुन् । ‘उनीहरु किन चाँडै फिर्ता भएका हुन्  र हामीलाई किन भेट्न चाहेका हुन् भन्ने जानकारी भएन ।’ भेटमा सहभागी एमाओवादीका एक सदस्यले भने, ‘के उद्देश्यले आएका हुन् हामीलाई भनेनन् ।’ केही वर्ष अघिदेखि निर्माणाधीन अवस्थामा रहेको प्राविधिक शिक्षालयलाई जग्गा एमाओवादी महासचिव तथा पूर्व मन्त्री कृष्णबहादुर महराले नि:शुल्क उपलब्ध गराएका हुन् ।

शिक्षालय पुगेपछि मात्र उनीहरु प्रशासन कार्यालयमा आएका थिए । ‘दूतावासका प्रतिनिधि भएकाले कुटनीतिक भेटघाटमा आएका भनी बुझ्दा हुन्छ,’ रोल्पा प्रशासन स्रोतले भन्यो । ती प्रतिनिधि रोल्पा आउनेबारे प्रशासन लगायत माओवादीले गोप्य राखेका छन् । ती प्रतिनिधिसँगको वार्तालाप सुनाउन एमाओवादीले अंग्रेजी भाषा बोल्न सक्ने व्यक्तिलाई खटाएको थियो ।

चिनिया प्रतिनिधिसँग भेट गराउन गाउबाट समेत बोलाइएका माओवादी सदस्य ढिला आइपुगेकाले थोरैले मात्र भेट्ने अवसर पाएका थिए । उनीहरुलाई एमाओवादीका केन्द्रीय सदस्य दीपेन्द्र पुन, जिल्ला अध्यक्ष सुरेन्द्र घर्तीमगर, सचिव पूर्ण केसी, माओवादी वैद्यका केन्द्रीय सदस्य कमल र जिल्ला सह डिसीएस क्षितिज लगायतले स्वागत गरेका थिए । ती प्रतिनिधिलाई माओवादी कार्यकर्ताले स्थानीय अल्लोबाट निर्माण गरिएका कपडा उपहारका रुपमा प्रदान गरेका थिए । उनीहरुलाई राजधानीबाट रोल्पा ल्याउन माओवादी पत्रकार साथैमा आएका थिए ।

स्रोतका अनुसार ती प्रतिनिधि रोल्पा आउनेबारेमा एमाओवादी र वैद्य माओवादीका केन्द्रीय नेताले जिल्लाका नेतालाई सर्कुलर गरेका थिए । सकेसम्म उक्त भेटघाट गोप्य राखिने स्रोतका दावी छ ।

-कान्तिपुर दैनिकबाट

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण