गृहपृष्ठ » समचारयातायात व्यवसायद्धारा अनिश्चितकालिन राप्ती यातायात बन्द

यातायात व्यवसायद्धारा अनिश्चितकालिन राप्ती यातायात बन्द

May 7, 2016८६ पटक

प्रहरीले टार्गेट गरेर आक्रमण ग¥यो – अध्यक्ष हमाल

सन्तोषकुमार गुप्ता, दाङ २५ बैशाख ।।

बस सञ्चालनको विषयमा उत्पन्न विवादका कारण शनिबार बिहानदेखि राप्तीको यातायात ठप्प पारिएको छ । राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समिति र मालिका कालिका यातायात प्रा.लि.का बिचमा तुलसीपुरदेखि सल्यान हुँदै रुकुमसम्म यातायात सञ्चालको विषयमा शुक्रवार यता विवाद उत्पन्न भएको हो । तर उक्त विवादमा प्रहरीले अनावश्यक बल प्रयोग गरि आफ्ना पदाधिकारीहरुलाई निर्घात कुटपिट गरेको विरोधमा यातायात ठ12321372_592392717577493_1059463062965606073_nप्प पारिएको हो ।

नेपाल यातायात राष्ट्रिय महासंघ राप्तीले राप्ती अञ्चलमा सार्वजनिक सवारी ठप्प पारेको छ । राष्ट्रिय महासंघको आग्रहपछि मालवहाक सवारी साधन पनि ठप्प पारिएको छ । राप्ती अंचल ट्रक व्यवासायी समिति, जिल्ला ट्रेक्टर समिति, अम्विकेश्वरी मिनि माईक्रो यातायात समिति लगायतले आफ्ना सवारी साधन ठप्प पारेका छन् । अञ्चल संयोजक भरत नाथ योगी र राप्ती अञ्चल सार्वजनिक यातायात व्यवासायी समितिका अध्यक्ष सुरेश हमाल लगायतका पदाधिकारीलाई प्रहरीले लक्षित गरी आक्रमण गरेको आरोप लगाउँदै राष्ट्रिय महासंघले राप्तीको सार्वजनिक यातायात ठप्प पारेको जनाएको छ । मालिका–कालिका यातायात प्रालि र राप्ती समितिका विचमा वस सञ्चालनको विषयमा विवाद उत्पन्न रहँदै आएको छ । तर प्रहरी प्रशासनले वल प्रयोग आवश्यक नै रहेको अवस्थामा पनि राष्ट्रिय महासंघका अञ्चल संयोजक योगी र राप्ती 10404492_732464476845829_1032139575003242269_n-370x370समितिका अध्यक्ष लगाएत कर्मचारीलाई अनावश्यक वल प्रयोग गरेको पत्रकार सम्मेलनमा आरोप लगाइएको छ । प्रहरीको लाठी चार्जवाट अध्यक्ष हमाललको टाउको फुटेको छ भने अर्का कर्मचारी विरेन्द्र केसीलाई पनि टाउको गम्भीर चोट लागेको छ । केसीलाई थप उपचारका लागि बाँकेको कोहलपुर रेफर गरिएको छ ।

त्यसको विरोधमा अर्को सूचना नहुँदासम्म राप्तीको यातायात सञ्चालन नहुने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण