गृहपृष्ठ » अार्थिकसुनवल नगरपालिकालाई नेपालको पहिलो बातावरण मैत्री नगरपालिका बनाउने अभियान शुरु

सुनवल नगरपालिकालाई नेपालको पहिलो बातावरण मैत्री नगरपालिका बनाउने अभियान शुरु

May 7, 2016९३ पटक

 

कृष्ण ढकाल बर्दघाट–२५,बैशाख
नेपालको पहिलो बाल मैत्री नगरपालिका सुनवल नगरपालिकालाई
अब बातावरण मैत्री नगरपालिका बनाउने अभियानमा सुनवल
नगरपालिका लागि परेको छ । बालबालिकको क्ष्ँेत्रमा निक्कै
अगाडि रहेको सुनवल नगरपालिकालाई वातावरण मैत्रि नगर बनाउन भने
सुनवलमा रहेको सुनवल चिनि कारखाना मुख्य बाधकका
रुपमा रहेको नगरपालिकाका कार्यकारी अधिकृत माधव प्रसाद ढकालले बताउनु भएको छ।
सुनवल चिनिकारखानावाट निस्कने प्रदुशणलाई नियन्त्रण गर्न सके छिट्टैनै सुनवल नगरपालिका पुर्ण

वातावरण मैत्री बनाउन सकिने अधिकृत ढकालको भनाई रहेको छ।
सुनवल नगरपालिकालाई बातावरण मैत्री नगरपालिका बनाउने अभियान अन्र्तगत नगरपालिकाले
आफ्नो नगरपरिषद्वाट बजेट समेत विनियोजन गरेको छ भने अभियान अन्र्तगत नगरका बगैचा र
पार्कहरुको पूर्ण ब्यवसथापन गर्ने योजना रहेको नगर अधिकृत ढकालले बताउनु भएको छ।
त्यसैगरी वातावरण मैत्रि अभियान अन्र्तगत सुनवल नगरपालिका भित्र हुने कुनैपनि कार्यक्रममा
खादाको प्रयोग गर्ने परिपाटीको अन्त्य गरीएको र प्लाष्टीकका सामानहरु प्रयोग गर्न कमगर्ने सन्देशहरु

समेत प्रभावगरीएको नगरअधिकृत ढकालले बताउनु भएको छ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण