गृहपृष्ठ » अार्थिक, देवदह विशेष, मुख्य समाचाररुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलियाद्वारा सहयोग

रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलियाद्वारा सहयोग

May 7, 2016२४८ पटक

विकास पराजुली

बुटवल, बैशाख २५ । रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलियाले रुपन्देहीका विभिन्न सामाजिक संघ संस्थालाई सहयोग गरेको छ ।
सामाजिक सेवानै मुख्य उद्देश्य राखेर गठन भएको सञ्जालले स्थापनाकै ७ महिनामा सामाजिक सेवातर्फ अग्रसर भएको हो । सञ्जालका संस्थापक अध्यक्ष राज खनाल र उपाध्यक्ष सन्तोष के.सीले रुपन्देहीमा आई विभिन्न पाँच चरणमा सहयोगका कार्यक्रम गरेका हुन ।
जस मध्ये शनिबार सञ्जाले बुटवल १३ देविनगरमा रहेको नेपाल अपाङग आश्रमलाई अपाङगमैत्री शौचालय तथा बाथरुम निर्माण गरिदिनका लागि नगद सहयोग गरेको छ । ह्वयील चियर शौचालय भित्रै जान मिल्ने शौचालय निर्माण ३ महिना भित्रै सम्पन्न गर्ने गरी रकम उपलब्ध गराईको सञ्जालका अध्यक्ष राज खनालले जानकारी दिए । शौचालय निर्माणका लागि शनिबारै शिल्यनाश समेत गरिएको छ । सञ्जालका संस्थापक अध्यक्ष राज खनाल र उपाध्यक्ष सन्तोष के.सीले शौचालय निर्माणका आश्रमका अध्यक्ष डोलराज रामदामको रोहवरमा लुम्बिनी वल्यरफर सोसाईटीका खगेन्द्र रेग्मीलाई २ लाख रुपैयाको चेक हस्तान्तरण गरेका छन् । शौचालय निर्माण श्याम थापाले गर्नेछन् ।13113295_995122537245542_1353365318_o
नव बर्षको अवसरमा अष्ट्रेलियामा आयोजना गरेको सांगेतिक साँझ–२०७३ अन्तर्गत उठेको केही रकम पहिलो चरणमा अपाङग आश्रमलाई सहयोग गरेको उपाध्यक्ष के.सीले बताए ।
त्यसैगरी शनिबारै मणिग्राममा रहेको आत्मसान्ती अनाथ आश्रमको अक्षयकोषका लागि सञ्जालले १ लाख रुपैया सहयोग गरेको छ । सञ्जालका संस्थापक अध्यक्ष राज खनाल, उपाध्यक्ष सन्तोष के.सीले आश्रमकी अध्यक्ष मैनादेवी भण्डारीलाई १ लाखको चेक हस्तान्तरण गरेका हुन । सो अवसरमा समाजसेवीहरु टेकनारायण पोख्रेल, बलराम न्यौपानेको समेत उपस्थिती रहेको थियो ।
सञ्जालले पाँच प्रोजेक्ट मध्ये अन्य तीन वटा प्रोजेक्टमा सहयोग गर्ने भएको छ । जस मध्ये लुम्बिनी अञ्चल अस्पतालको ईमरजेन्सी र प्रसुती वाडमा ईलेक्ट्रोनिक पानी ट्याङकीका राख्नका लागि नगद १ लाख रुपैयाँ सहयोग गरेको गर्ने भएको छ । त्यस्तै बुटवल माविमा कक्षा ६ मा पढ्ने अति गरिव तथा विपन्न लाल बहादुर गाहा र कान्ति कुञ्जमा पढ्ने सागर क्षेत्रीलाई एक बर्ष सम्म पढाईदिने भएको छ । त्यसैगरी सञ्जालले पश्चिम क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय बुटवलको सहयोगमा ट्राफिक नियम सँग सम्बन्धीत तीन वटा ठुला होडिङ बोड राख्ने बताएको छ ।13128919_995122547245541_1865560498_o
यसैबीच रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलियाका संस्थापक अध्यक्ष राज खनालले नेपाल अपाङग आश्रम देविनगरमा सलिना वि.क लाई उपचारका लागि नगद १० हजार रुपैयाँ सहयोग गरेका छन् । सलिनाको टाउकोमा पानी जमेको छ । उनको उपचारका लागि सहयोग गरिदिन आश्रमले सवैलाई आग्रह समेत गरेको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण