गृहपृष्ठ » समचारप्युठानमा कार दुर्घट्ना ३ जना तिर्थयात्रुको मृत्यु

प्युठानमा कार दुर्घट्ना ३ जना तिर्थयात्रुको मृत्यु

May 7, 2016७१ पटक

सलिम अन्सारी /२५ बैशाख प्युठान
स्वर्गद्वारीबाट दर्शन गरि फर्कने क्रममा भिगृ १ काे ढाड खहरे खोलामा निजि कार दुर्घटना हुदा दाङ तुल्सिपुरका एकै परिवारका ३ जना तिर्थयात्रुको  घटना स्थल मै  मृत्यु भएको छ । मृत्यु हुनेहरुमा दाङ तुलसिपुर–१९ उर्हरी  का १९ बर्षिय बिमला खनाल, १३ बर्षिया अस्मिता खनाल र ५५ बर्षिया सुखदेब खनाल रहेका छन । आज मध्यान्हको  समयमा स्वर्गद्धारी दर्शन गरि दाङ तर्फ  फर्कदै गरेको बा १४ च ३८३९ नम्बरको स्कारपियो बाटो चिप्लो भएका कारण दुर्घट्ना भएको प्रहरिले जनाएको छ। घाइतेहरूको नेपाल प्रहरी र स्थानीय समुदायले उद्धार गरेका थिए ।  घाइते  हुनेहरुमा तुलसिपुर नगरपालिका १९ निबासी बर्ष १९ कि बसन्ता खनाल बर्ष ६४ कि दिया खनाल
२५ बर्षिय कमला खनाल, ४६ बर्षिय कौशिला खनाल, २० बर्षिय शारदा खनाल छन् । दुर्घट्नामा परि गम्भीर घाइते पाचै जनालाइ थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको जिल्ला प्रहरी कार्यालय प्युठानले बताएको छ। कारमा सवार ११ तिर्थयात्रु मध्य   ३ जना सकुशल रहेको बताइएको छ। दुर्घट्नाग्रस्त कारमा सवार भएका सबै दाङ निबासी हुन।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण