गृहपृष्ठ » अार्थिक, समचारयुवाले चलाए ३ महिने सुन्दर तौलिहवा सरसफाई अभियान

युवाले चलाए ३ महिने सुन्दर तौलिहवा सरसफाई अभियान

May 8, 2016११० पटक

उज्यालो संवाददाता,२६ बैशाख कपिलबस्तु
जिल्लाको ऐतिहासिक नगरी एवम सदरमुकाम तौलिहवाका स्थानिय युवाहरुले सरसफाइ अभियान चलाएका छन।
“तौलिहवा हो बुद्ध नगरी, बसौ हामी सफा गरी” भन्ने नाराका साथ स्थानीय युवाहरुको पहलमा ऐतिहासिक नगर तौलिहवामा सुन्दर तौलिहवा सरसफाई अभियान संचालन गरिएको हो । युवाहरुले तौलिहवा सरसफाई अभियान समिति गठन गरी ३ महिने अभियान समेत शुरु गरेका छन।
तौलिहवाको सुन्दरतामा श्रृंगार थप्ने अभियानमा लागेको समितिले ३ महिने कार्ययोजना समेत तयार गरेको छ । जस अन्र्तगत २४ वटा सरसफाईका कार्यक्रमहरु सचालन गरिने छ । अभियानको पहिलो दिन तौलिहवाको शिबमन्दिर टोल, चोक बजार लगायतका क्षेत्रमा सरसफाई गरिएको हो ।
अभियानमा जिल्लाका सुरक्षा निकायका प्रमुख सहित नगरबासी र युवाहरुको सहभागिता रहेको थियो । सरसफाई अभियानमा मन्तब्य दिदै प्रमुख जिल्ला अधिकारी ईन्दु घिमिरेले नगर सफाईका लागि युवाहरुले अगुवाई गर्नु सराहनीय भएको बताउनु भयो ।
कपिलवस्तुको बुद्धस्थल भएकाले समेत कपिलवस्तु नगर क्षेत्र तौलिहवालाई सरसफाईको नमुना बनाउन आवश्यक रहेको अभियानका संयोजक प्रकाश घिमिरेले बताउनु हुन्छ । तिन महिना सम्म सञ्चालन गरिने अभियानलाई स्वतफुर्त रुपमा सञ्चालनमा ल्याईएकाले अभियानमा साथ दिन उहाँले सम्पुर्ण नगरबासीलाई आग्रह गर्नुभयो ।
शान्तिका अग्रदूत भगवान बुद्धसंग जोडिएको कारण पनि तौलिहवामा महत्व विशेष रहदै आएको छ । हरेक दिन जसो हजारौ पर्यटक पुग्ने तौलिहवामा युवाहरुले देखाएको तत्परता अनुकरणीय छ ।हामिले पनि यो उदाहरणिय कार्यको अनुशरण गर्ने कि?

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण