गृहपृष्ठ » मुख्य समाचार, समचारप्युठानमा भएको दुर्घटनामा परी दाङका एकै घरका २ सहित ४ जनाको मृत्यु उरहरी गाउँ शोकमग्न

प्युठानमा भएको दुर्घटनामा परी दाङका एकै घरका २ सहित ४ जनाको मृत्यु उरहरी गाउँ शोकमग्न

May 8, 2016१७३ पटक

 बैशाख २६ प्युठान। स्वर्गद्वारी मन्दिर दर्शन गर्न गएका दाङका एकै घरका दुई सहित ४ जनाको प्युठानमा मृत्यु भएपछि दाङको तुलसीपुर नगरपालीका १९ उरहरी गाउँ शोकमा डूबेको छ ।

yuba(1)मन्दिरको दर्शन गरेर फर्कीने क्रममा भिंगृ–१ स्थित मुहानखोलाले बा १४ च ३८३९ नम्वरको स्कारपियो जिपलाई ठाडो खोलाले बगाउँदा ६५ वर्षिय सुकदेव खनाल उहाँकी छोरी १९ वर्षिय विमला खनाल र भाइकी छोरी १३ वर्षिय अस्मिता खनालको घटनास्थलमै ज्यान गएको प्युठानका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक रञ्जीत सिङराठौरले जानकारी दिएका छन् ।  त्यस्तै ६५ वर्षिय दुवा खनालको अस्पताल लैजादै गर्दा बाटोमै मत्यु भएको पारीवारीक स्रोतले जनाएको छ ।घटनामा परि ४ जना गम्घिर घाइते भएका छन् । गम्भिर घाइते सुकदेवकी श्रीमती ४६ वर्षिय कौशिला खनाल, छोरीहरु २२ वर्षिय शारदा खनाल, २६ वर्षिय बसन्ता खनाल, र भाइवुहारी ३५ वर्षिय कमला खनाललाई उपचारका लागि कोहोलपुर लगीएको तुलसीपुर १९ का वडा सचिव मानबहादुर रातले जानकारी दिएका छन् ।

शनिबार दिउसो भिषण पानी परेपछि स्थानिय खहरे खोलामा आएको बाढीले गाडिलाई बगाएर करिब ३० कीलोमिटरसम्म बगाएको प्रहरीले बताएको छ । गाडिमा ११ जना सवार भए पनि गाडी चालक कवित चौधरी टेकराज अबस्थी र सुशील भण्डारी भने हामफालेर बाँचन सफल भएको प्रहरीले बताएको छ ।

आमाको मुख हेर्न आएकी छोरी कमला खरेललाई घर कुर्न पठाएर स्वर्गद्धारी मन्दिरको दर्शन गर्न गएका  वुवा र बहिनी कहिल्यै नफर्किने गरि गएको खबर सुने पछि बेहोस भएकी कमलाको राम्रो गरि होस अझै आउन सकेको छैन् ।

मन्दिरको दर्शन गरेर फर्कीदै छौ,  छोरी नआत्तिए है भनेर दिउसो एक बजे सम्म वुवा सुकदेव खानल र बहिनी संग फोनमा कुरा गरेकी खरेलले मृत्युको खबर सुन्नासाथ बेहोस भएको स्थानिलयले बताएका छन् ।।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण