गृहपृष्ठ » अार्थिकउधोग बाणिज्य संघ तुलसिपुरले बजार बन्द गर्ने

उधोग बाणिज्य संघ तुलसिपुरले बजार बन्द गर्ने

May 8, 2016८२ पटक

शिबराज खनाल तुलसिपुर, २६ बैशाख तुलसिपुर, उद्योग वाणिज्य संघले आज तुलसिपुर बजार बन्द गर्न ब्यबसायिहरुलाई आह्वान गरेको छ । तुलसिपुर उद्योग बाणिज्य संघका सल्लाहाकार एबं राप्ति समितिका पदाधिकारिमाथि भएको प्रहरी आक्रमणको बिरोधमा तुलसिपुर बजार बन्दको आह्वान गरिएको तुलसिपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिमल रिजालले जानकारी दिनुभएको छ । मालिका कालिका प्रालिका बस सञ्चालनको बिषयमा राप्ती समितिसँग बिबाद भएपछिको उत्पन्न झडपलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले लाठि चार्ज गर्दा राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिका अध्यक्ष सुरेश हमाल, वरिष्ठ उपाध्यक्ष एवं अञ्चल संयोजक भरतनाथ योगी, समितिका सदस्यहरु विरेन्द्र खत्री, भिमसेन लहरे घाईते हुनुभएको छ । आफ्ना सल्लाहाकार माथिको आक्रमणको बिरोधमा आज १ दिन सम्पुर्ण ब्यबसायिहरुलाई पसल बन्द गरि सहयोग गरिदिनुहुन उहाले आग्रह गर्नुभएको छ । अध्यक्ष रिजालका अनुसार, होलट तथा औषधि पसल सञ्चालनमा भने कुनै रोकावट हुने छैन । यातायात संगै बजारपनि बन्द हुदा नागरिकहरु भने समस्यामा परेका छन् ।।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण