गृहपृष्ठ » अार्थिकदोघरे–बालापुर सडक कालोपत्रे को माग गर्दैे स्थानीयले पुन आन्दोलन गर्ने

दोघरे–बालापुर सडक कालोपत्रे को माग गर्दैे स्थानीयले पुन आन्दोलन गर्ने

May 8, 2016७६ पटक

  तुलसिपुर, २६ बैशाख सडक कालोपत्रेको माग गर्दै तुलसीपुर ८ का स्थानीयहरुले आजदेखि पुन आन्दोलन गर्ने भएका छन ।

दाङ सुर्खेत सडक खण्ड अन्तर्गत दोघरे–बालापुर सडक कालोपत्रे गर्नुपर्ने माग राख्दै आन्दोलन सुरु गर्न लागेको सडक संघर्ष समितिका संयोजक दशरथ वलीले बताउनुभयो । बैशाख ९ गते उद्योग बाणिज्य संघ तुल्सीपुरको हलमा प्रमुख जिल्ला अधिकारी, स्थानिय विकास अधिकारी, नागरीक समाज, आन्दोलनरत पक्षहरु सगको छलफल अनुसार बैशाख २३ गते सम्ममा काम सुचारु गर्ने सहमति भएको थियो । उक्त सहमति कार्यान्वयन नभएपछि त्यहाका स्थानियहरुको भेलाले आज देखि आन्दोलन गर्ने निर्णय गरेको संयोजक वलीले बताउनुभयो । सडक कालोपत्रे गर्ने जिम्मा पाएको नेपाल प्रगति एण्ड बोखिम जेभिका विनोद बोहरा काम गर्दागर्दै भागेपछि रोकिएको काम सुचारु गर्न भन्दै उनीहरु आन्दोलित भएका हुन् ।

पाच किलोमिटरको दुरीमा रहेको सडक कालोपत्रे गर्न निर्माण व्यवसायी बोहराले ७ करोडमा सडक डिभिजन दाङसंग ठेक्का लिएका थिए । उनी साढे ३ करोड लिएर गएपछि काम अलपत्र परेको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण