गृहपृष्ठ » समचारराप्तीमा आज पनि यातायात बन्द, जनजीवन कष्ठकर, यात्रुलाई सास्ती

राप्तीमा आज पनि यातायात बन्द, जनजीवन कष्ठकर, यात्रुलाई सास्ती

May 8, 2016११३ पटक

सन्तोषकुमार गुप्ता, दाङ २६ बैशाख ।।

राप्ती अंचल सार्वजनिक यातायात व्यवसायी समितिको चक्का जाम दोस्रो दिन पनि यथावत छ ।

dang-pic(2)

बन्दका कारण राप्तीमा सार्वजनिक यातायातका साधन सञ्चालनमा आउन सकेका छैनन् । वस सञ्चालनको विषयमा राप्ती समिति र मालिका कालिका प्रालिको विचमा विवाद उत्पन्न भएपछि राप्ती समितिले राप्तीमा शनिवार देखि चक्का जाम गर्दैै आएको छ । जसले गर्दा राप्तीको सामान्य जनजिवन निकै कष्टकर बनेको छ । सर्वसाधरण यात्रुहरु गनतब्य तर्फ जान पाएका छैनन् । पूर्व सूचना विनानै एकाएक बन्द गरिदा नागरिक अप्ठेरोमा परेका छन् ।
शनिवार प्रहरीले राप्ती समितिका अध्यक्ष एवं नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका उपमहासचिव सुरेश श्रेष्ठ लगाएतका पदाधिकारीलाई लक्षित गरी आक्रमण गरेको विरोधमा चक्का जाम गरिएको हो । प्रहरीले सुनियोजित किसिमले आफ्ना अध्यक्ष लगायत पदाधिकारीलाई आक्रमण गरी शख्त घाईते बनाएको भन्दै विरोधमा चक्का जाम गरिएको हो । समान्य विवाद हुँदा उक्त विवाद मिलाउन गएका समितिका अध्यक्ष हमालमाथि प्रहरीले एकाएक लाठी चार्ज गरेको राप्ती समितिले आरोप लगाएको छ । लाठी चार्जबाट उनको टाउको फुटेको छ । प्रहरी ज्याजतीका विरुद्धमा आफूहरुले चक्काजाम गरेको र त्यो रहर नभई वाध्यता भएको राप्ती समितिले विज्ञप्ति मार्फत जनाएको छ । तर प्रहरीले भने दुई समितिका विचमा मुठभेडको स्थिति सृजना भएपछि र सवारी साधनमाथि तोडफोड हुनथालेपछि लाठी चार्ज गरिएको दाबी गरेको छ । शुक्रवार देखि मालिका कालिका यातायात प्रालिले राप्ती राजमार्ग अन्तरगत दाङको तुलसीपुर देखि रुकुम सम्म वस सञ्चालनगर्न खोजेपछि राप्ती समिति र उक्त प्रालिका विचमा विवाद उत्पन्न भएको थियो । त्यसयता दाङको सार्वजनिक यातायातमा तनाव उत्पन्न भएको थियो ।

12230_896977773742393_8018086567740999468_n

आज तुलसीपुर बजार पनि बन्द
व्यवसायी एवं तुलसीपुर उद्योग वाणिज्य संघका सल्लाहकार सुरेश हमालमाथि भएको आक्रमणको विरोधमा आईतवार तुलसीपुर उद्योग वाणिज्य संघले तुलसीपुरको वजार बन्द गराएको छ ।

आक्रमणमा सम्लग्न दोषी प्रहरी माथि कारवाहीको माग गर्दै तुलसीपुर बजार बन्द गरिएको हो । संघका अध्यक्ष विमल रिजाल र महासचिव नेत्र वलीले विज्ञप्ति जारी गर्दै प्रहरी ज्याजतिको विरोधमा आइतवार एक दिनका लागि बजार बन्द गर्न आह्वान गरेका छन् । उनीहरुले प्रहरीको व्यवहार विवाद सामाम्य पार्ने भन्दा पनि झनै अराजक किसिमको देखिएको आरोप लगाएका छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण