दूरसञ्चार प्राधिकरणले सार्क मुलुकभित्र रोमिङ शुल्क घटाउने
काठमाण्डु, २७ साउन – सार्क मुलुकभित्र दूरसञ्चार सेवालाई सस्तो बनाउन नियामक निकाय दूरसञ्चार प्राधिकरणले रोमिङ शुल्क घटाउने तयारी गरेको छ ।
चालू आवभित्र सार्कका सबै मुलुकको अध्ययन गरी रोमिङ शुल्क घटाइने प्राधिकरणले जनाएको छ । रोजगारी, भ्रमण, बिदा, अध्ययनलगायतका लागि सार्क मुलुकमध्ये भारतमा धेरै नेपाली छन् । प्रमधिकरणले स्थलगत अध्ययन तथा अनुसन्धान गर्ने बताएको छ ।
कारोबार दैनिकबाट