गृहपृष्ठ » अार्थिकरुकुममा दैनिक करोड रेमिट्यान्स भित्रिन्छ

रुकुममा दैनिक करोड रेमिट्यान्स भित्रिन्छ

May 8, 2016१०१ पटक
रुकुम, वैशाख २६ । रुकुममा दैनिक रु एक करोडभन्दा बढी विप्रेषण (रेमिटान्स)भित्रिने गरेको छ । मलेसिया, साउदी अरब, कतार, बहराइन, हङ्कङ, सिङ्गापुरलगायत मुलुकमा रोजगारीको सिलसिलामा त्यहाँ कार्यरत रुकुमेलीको सङ्ख्या उल्लेख्य रहेकाले यहाँ दैनिक विप्रेषण बढ्दै गएको हो ।
10440894_536039909899195_5428583408662809710_n(1)जिल्लामा १९ वटा मनिट्रान्सफरमार्फत दैनिक रु एक करोड बढी विप्रेषण भित्रने गरेको छ । डिग्रे शाइकुमारी ऋण तथा बचत सहकारीबाट मात्र दैनिक रु २५ देखि ३० लाख बराबरको विप्रेषण जिल्लामा भित्रने गरेको छ ।

हाम्रो बचत तथा सहकारी संस्थाका प्रबन्धक प्रेम खड्काका अनुसार मलेसिया, कतारलगायतका देशबाट पनि दैनिक रु २० लाखसम्मको विप्रेषण भित्रने गरेको छ । सदरमुकाम मुसिकोटमै रहेको प्रभु मनी ट्रान्सफर रुकुम र सिटी एक्सप्रेस रुकुमले पनि दैनिक लाखौँको कारोबार गर्ने गरेका छन् ।

विदेशिएका आफन्त पनि आफ्नै जिल्लाबाट छिटो छरितो रूपमा पैसा पाउने भएकाले मनी ट्रान्सफरहरूप्रति आकर्षित भएको आइएमई रुकुमकी दीपा ओलीले बताउनुभयो ।

वेस्टर्न युनियन मनी ट्रान्सफर रुकुमका शाखा प्रबन्धक अनिल बिएमका अनुसार जिल्ला भित्रनेभन्दा बाहिरिने रेमिट दर कमी रहेको छ । दैनिक रु एक करोडभन्दा बढी विप्रेषण जिल्ला भित्रिने भएपछि स्थानीय अर्थतन्त्रमा केही सुधार भएको बताइएको छ ।

गोरखापात्र अनलाइनबाट
प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण