गृहपृष्ठ » मनोरञ्जन, विशेषमानव भएर बाच्न चाहान्छु – यश कुमार

मानव भएर बाच्न चाहान्छु – यश कुमार

May 8, 2016२४५ पटक

टक सुनार

बुटवल , बैसाख २६ । नेपाली समाजमा जरा गाडेर बसेको छुवाछुत प्रथा बिरुद्धको अभियानमा रहेका कलाकार यश कुमारले आफु कुनै जात होइन मानव भएर बाच्न चाहेको बताएका छन । आइतबार सम्मान थाप्न बुटवल आएका यश कुमारले अब दलितहरुको पिडा गैर दलितहरुले पनि बुझ्नु पर्ने वेला आएको बताएका थिए ।

सुरुवाती अवस्थामा छुवाछुत बिरुद्धको अभियानमा आफु एक्लै भएको महशुस हुने गरेको सम्झदै अहिले आफ्नो साथमा धेरै ठुलो संख्यामा नेपालीहरुको सर्मथन रहेको महशुस भएको र आगामी दिनहरुमा छुवाछुत बिरुद्ध अझ शसक्त रुपमा लाग्ने प्रतिवद्धता ब्यक्त गरेका थिए । छुवाछुतलाई नै मुख्य बिषबस्तु बनाएर निमार्ण गरिएको चलचित्र बाटो मुनिको फुल २ का लेखक ,निर्माता, नायक तथा गायक समेत रहेका यश कुमारको साथमा उक्त चलचित्रकी नायीका अशिष्मा नकर्मीलाई पनि सम्मान गरिएको थियो ।

yas kumar copyनेपाल सुन चादी ब्यवसायी संघ बुटवल शाखाको आयोजना र दर्जन बढी दलित सम्बद्ध संघ संस्थाहरुको सहयोगमा सम्मान कार्यक्रम आयोजना गरिएको हो । भ्यु सिनेमा घर सिंह कम्पेक्स बुटवलमा भएको कार्यक्रममा बाटो मुनिको फुल २ को बिषेश शो समेत गरिएको थियो । उक्त अबशरमा नायक गायक लेखक तथा निर्माता यश कुमारले बुटवलका दलित नेता संघ संस्थाका प्रतिनिधीहरु संग बसेर सिनेमा हेरेका थिए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण