गृहपृष्ठ » स्वास्थ्यप्यूठानमा पनि रेडक्रस दिबस मनाइयो विरामीलाई फलफुल वितरण

प्यूठानमा पनि रेडक्रस दिबस मनाइयो विरामीलाई फलफुल वितरण

May 8, 2016१२४ पटक

राधिका भुसाल बैशाख, २६ प्यूठान

“रेडक्रस सवै ठाउँमा सवैका लागि” भन्ने मुल नारा सहित आज जाँ. हेनरी ड्यूनाको जन्म दिन तथा १ सय ५४ औं विश्व रेडक्रस दिवस प्यूठानमा पनि मनाइएको छ ।

20160508_090818[1](1)
नेपाल रेडक्रस जिल्लाशाखा प्यूठान र उपशाखा विजुवारको संयूक्त आयोजनामा भएको सो कार्यक्रमले जिल्ला अस्पताल विजुवारमा उपचार गराइ रहेका २३ जना विरामीलाई फलफुल वितरण गर्दै उनीहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको थियो ।
युद्ध, प्राकृति, विपत्ति, विकास र शान्ती सवैमा १ सय ५३ वर्ष देखि क्रियाशिल रेडक्रस अभियानले पारस्परिक सहयोग र समझदारीमा आधारित आफ्नो सेवा निरन्तर प्रदान गर्दै आएको छ । यसको मुख्य आसय रेडक्रसको विश्वव्यापी सञ्चार योगदानबाट प्राप्त आर्दश र छवीलाई अझ सुद्धिढ बनाउन रेडक्रस तथा रेडक्रस अभियानको विश्वव्यापी उपस्थिति एकता र निस्पक्ष रुपमा गरिने कामको प्रकृति र यस्ले मानवजीवनमा पार्ने प्रभावको बारेमा जन चेताना पनि जगांउदैं आएको छ ।

20160508_084252[1]

सन् १८२८ मे ८ मा जन्मेका ड्यूनाले मानवतावादी संस्थाको स्थापना गरी प्रशंसानीय कार्य गरेकाले उनको जन्म दिनलाई नै विश्वरेडक्रस दिवसको रुपमा मनाउदैं आएको प्यूठान शाखा सभापति गुमानराज पुलामीले बताए । जहाँ विपत् त्यहाँ रेडक्रस भनेर सदैव क्रियाशिल रहेको यो संस्थालाई भ्रममा परी एन. जि. ओ.को रुपमा नबुझ्न र रक्त सञ्चार सेवालाई पनि निरन्तरता दिन सवैलाई आग्रह समेत गरे ।
जिल्ला अस्पताल विजुवारमा भएको कार्यक्रम ने.रे.सो. प्यूठान शाखाका सभापति गुमान राज पुलामीको अध्यक्षतामा सम्पन्न भएको थियो भने शाखाका मन्त्री दामोदर शर्माले सञ्चालन गरेका थिए ।

रेडक्रस प्यूठानद्धारा अग्निपीडितलाई राहत बितरण
गत हप्ता रस्पुरकोट गा.वि.स.मा आगोलागीबाट क्षति भएका ९ घर परिवारलाई शनिवार एक कार्यक्रम गरी राहत वितरण गरिएको छ ।
स्थानीयबासी, जिल्ला प्रहरी कार्यालय र नेपाल आर्मीको सहभागितामा आगो निभाउने कार्य भएको थियो । जिल्ला प्रसासन कार्यालय, नेपाल रेडक्रस सोसाइटी प्यूठान शाखा, नेपाल स्काउट, प्यूठान नगरपालिका, जि.वि.स. लगायतका कार्यालयको समन्वयमा पीडित परिवारलाई नगद तथा जिन्सि र खाद्यान्न बितरण गरिएको थियो । रसपुरकोटका प्रत्येक वडाका स्थानीयबासीहरुले राहत स्वरुप अन्न संकलन गरी बितरण कार्य गरिरहेको रसपुरकोटका समुदाय उत्प्रेरक लक्ष्मी पोख्रेलले जानकारी दिइन । यसैगरी महेन्द्र उ.मा.वि. का जुनियर तथा युवा रेडक्रस सर्कल, साथी शिक्षक र बालक्लवको अगुवाईमा ७२ पाथी गहँु संकलन गरी रस्पुरकोट ५ का पीडित ६ घर परिवारलाई १२ पाथीका दरले २४ गते बितरण गरिएको झिमरुक उपशाखाका कोषाध्यक्ष कृष्णविक्रम शाहले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण