गृहपृष्ठ » स्वास्थ्यउपशाखास्तरीय कार्यशाला गोष्ठी सम्पन्न

उपशाखास्तरीय कार्यशाला गोष्ठी सम्पन्न

May 8, 2016१२२ पटक

२६ बैशाख, प्यूठान
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्यूठानको आयोजना तथा धरमपानी उपशाखा र चुँजाठाँटी उपशाखा प्यूठानको आतिथ्यतामा उपशाखास्तरीय २ दिवशीय कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

20160508_092715[1](1)
उपशाखास्तरमा स्वयंसेवकहरुको क्षमता अभिवृद्धि गर्न र उपशाखाका कार्ययोजना तर्जूमा गरी कार्यक्रम तथा गतिविधिहरुलाई नियमित तथा सफलताका साथ सप्पन्न गर्ने उद्धेश्यले कार्यशाला गोष्ठीको आयोजना गरिएको हो ।
२४ गते नेपाल रेडक्रस सोसाइटी चुँजा उपशाखाका सभापति गिरीराज पौडेलको अध्यक्षता र जिल्ला शाखाका सभापति गुमानराज पुलामीको प्रमुख आतिथ्यतामा कार्यशाला गोष्ठीको उद्घाटन गरिएको थियो । चँुजा उपशाखाका उपसभापति ज्ञानहरी रिजालको स्वागत मन्तव्य, भानुभक्त उमावि चुँजाका प्राचार्य चक्रपाणी पौडेल र सभापति गुमानराज पुलामीले शुभकामना मन्तव्य राखेका थिए भने गिरीराज पौडेलले उद्घाटन सत्रको समापन गरेका थिए ।
जिल्ला शाखा तथा उपशाखा गरी ६५ जनाको सहभागिता रहेको कार्यशालामा रेडक्रस अभियान, आर्थिक श्रोत व्यवस्थापन, स्वयंसेवक व्यवस्थापन, अन्तराष्ट्रिय मानवीय कानून, उपशाखा गठन, काम कर्तव्य र अधिकार तथा संस्थागत विकास, जुनियर तथा युवा रेडक्रस सर्कल गठन, काम कर्तव्य र अधिकार, परिचालन, संस्थागत क्षमता विष्लेषण प्रक्रियामा छलफल गरिएको थियो भने उपशाखाको वार्षिक कार्ययोजना तर्जूमा गरिएको थियो । सभापति गुमानराज पुलामी, मन्त्री दामोदर शर्मा, उपमन्त्री यादव खनाल, सदस्य नारायण पौडेलले सहजीकरण गरेका थिए ।

यसैगरी नेपाल रेडक्रस सोसाइटी प्यूठान जिल्ला शाखाद्वारा सञ्चालित एचआईभी, मानव बेचबिखन तथा सामाजिक भेदभाव विरुद्ध युवा सशक्तीकरण कार्यक्रम अन्तरगत बैशाख ११ गतेदेखि नयाँगाउँका ५ समुदाय र रसपुरकोट गा.वि.स.का २ समुहमा जीवनोपयोगी सीपमा आधारित पुनर्ताजगी तालिम तथा दिगोपना कार्यशाला गोष्ठी सम्पन्न भएको छ । प्रत्येक समूहले आ–आफ्नो दिगोपना कार्ययोजना तर्जूमा गरेको इश्वरा सुवेदीले जानकारी दिइन ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण