गृहपृष्ठ » मुख्य समाचारनिर्माण भएदेखी चलेन स्यालो ट्यूवेल

निर्माण भएदेखी चलेन स्यालो ट्यूवेल

May 8, 2016७६ पटक

देउखुरी, २६ बैशाख
करिव ६ वर्ष अघि सतवरीया गाविस वडा नं. ३ उच्चानिम्वुको एउटा क्लस्टरमा दश वटा स्यालो ट्यूवेल निर्माण गरिएपनि अहीले सम्म सञ्चालनमा आउन सकेको छैन् ।

सिचाईकालागी भुमिगत जल सिचाई विकास डिभिजन कार्यालय लमहीवाट स्यालो ट्यूवेल जडान कार्यक्रम सञ्चालन गरिएको हो । सो क्रममा उच्चनिम्वु गाउँमा मात्रै एक सय १२ स्यालो ट्यूवेल निर्माण गरिएको थियो ।

तर, सोही गाउँको एउटा क्लस्टरमा निर्माण गरिएका १० वटा स्यालो ट्यूवेल निर्माण भएदेखीनै सञ्चालनमा आउन नसकेको स्थानीय उपभोक्ता छुनुलाल चौधरीले वताउनु भयो ।
भुमिगत जल सिचाई विकास डिभिजन कार्यालय लमहीले ५० केभिएको ट्रान्सफर्म सहीत स्यालो ट्यूवेल जडानको काम उपभोक्ताहरुको सहभागीतामा गरेको थियो ।

तर, के कारणले विद्युत सुचारु हुन सकेन् ? ट्रान्सफर्मले किन काम गरेन भन्ने वारेमा अनुसन्धान गर्ने भुमिगत जल सिचाई विकास डिभिजन कार्यालयका प्रमुख पुष्करनाथ घिमिरेले वताउनुभयो ।विद्युत जडान नहुदा अहीले सम्म ट्यूवेल सञ्चालनमा नआउदा किसान मर्कामा छन् । किसानको ४० विगाह वढी जमिनमा सिचाई सुविधा पुग्न सकेको छैन् ।।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण