गृहपृष्ठ » मुख्य समाचारसल्यानमा भएका केही महत्वपूर्ण घटना र त्यसमा प्रहरीको सक्रियता

सल्यानमा भएका केही महत्वपूर्ण घटना र त्यसमा प्रहरीको सक्रियता

May 8, 2016८४ पटक

सल्यान, २६ बैशाख
जिल्ला प्रहरी कार्यालय सल्यानले जिल्लामा घटेका अधिकाँस घटनाहरुमा सफलता प्राप्त गरेको जनाएको छ । स्थानीयवासीको सहयोगले प्रहरीलाई उक्त सफलता मिलेको पनि प्रहरीले जनाएको छ ।गत चैत्र महिनादेखि हाल सम्म जिल्लामा आपराधिक क्रियाकलाप न्युनिकरण गर्न र घटनामा संलग्नहरुलाई कानुनी दायरामा ल्याउन सफल भएको प्रहरीले दाबी गरेको छ ।

स्थानीयको सहयोगमा प्रहरीले केही सफलताहरु हात पारेको सल्यान जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक श्यामबहादुर खत्रीले बताउनुभयो । प्रहरीले गरेको केहि महत्वपूर्ण कार्यहरुमा गत चैत्र ११ मा वडागाउँ गाविस वडा नम्बर ९ स्थित अलग÷अलग ३ स्थानमा ४ कठ्ठा र चैत्र २० गते पनि कालागाउँ २ मा ४ आना जग्गामा गरिएको अबैद्य अफिम खेती नष्ट गरेको जानकारी दिएको छ ।

त्यस्तै चैत्र १४ गते कालागाउँ ८ की १० वर्षीया मिना कुमाइलाई जवरजस्ती करणि पश्चात हत्या गर्ने जिमाली ३ निवासी एकराज चलाउनेलाई पक्राउ गर्न प्रहरी सफल भएको छ । त्यसैगरी गत चैत्र १९ मा हिम चितुवा र चितुवाको २ थान छाला सहित श्रीनगरबाट रणबहदुर कँवर, भुवन योगी, वेलाराम गिरी, भिम कुमारी चन्द र संजिव वुढाथोकीलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।

त्यस्तै बैखाख १४ गते छायाँछेत्र ९ रानागाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्यागर्ने सोही ठाउँका वर्ष २० का सञ्जय भारतीलाई पक्राउ गर्न प्रहरी तत्काल सफल भएको डिएसपि खत्रीले बताउनुभयो । प्रहरी नायव उपरीक्षक खत्रीले जाँड रक्सी उत्पादन, विक्रिवितरण र सेवनमा रोक लगाउन विभिन्न कामहरु गरिरहेको पनि जानकारी दिनुभएको छ ।।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण