गृहपृष्ठ » मुख्य समाचार, विशेष, समचारशितलनगरमा निर्मित बुद्धमावली प्रवेशद्धार जीर्ण बन्दै

शितलनगरमा निर्मित बुद्धमावली प्रवेशद्धार जीर्ण बन्दै

May 10, 2016१५७ पटक

गोबिन्द घर्ती
रुपन्देहीको देवदह–८, शितलनगरमा निर्मित बुद्धमावली प्रवेशद्धार जीर्ण बन्दै गईरहेको छ । प्रवेशद्धारको मर्मत संभार हुन नसक्दा दिन प्रतिदिन जीर्ण बन्दै गएको स्थानीयवासीहरुको भनाई रहेको छ । भगवान गौतम बुद्धको मावली स्थल भवानीपुर, कन्यामाई बैरिमाई, पाकरीवृक्ष, बंगला बंगाली जानेबाटोमा २०५६ सालमा निर्माण गरिएको प्रवेशद्धारको मर्मत संभार हुन नसक्दा जीर्ण बन्दै गएको हो । तत्कालिन देवदह गाविस र केरवानी गाविसको संयुक्त पहलमा गठन भएको देवदह क्षेत्र परिचय तथा विकास समितिले निर्माण गरेको प्रवेशद्धारको मर्मत संभार गर्ने निकाय मौन वस्दा जीर्ण बन्दै गएको स्थानीयवासीको भनाई रहेको छ ।sitalnagar
देवदह क्षेत्रको पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्ने उद्देश्यका साथ आम नागरिकको करिव ३ लाख लागतमा निर्माण गरिएको देवदह क्षेत्र परिचय तथा विकास समितिका अध्यक्ष निलकण्ठ पौडलको भनाई रहेको छ । पौडलका अनुसार देवददह क्षेत्र परिचय तथा विकास समितिले उक्त प्रवेशद्धार निर्माण गरेपनि सम्वन्धीत निकायले यसको मर्मत संभार गर्न कुनै पहल नगर्दा प्रवेशद्धार दिनप्रदिन जीर्ण बन्दै गएको बताउछन । देवदह क्षेत्रको परिचय गराउने उद्देश्यका साथ समितिले निर्माण गरेको र यसको संरक्षण, सम्वर्धन, मर्मत संभार देवदह नगरपालिका र लुम्विनी विकास कोषले गर्नुपर्ने अध्यक्ष पौडेल बताउछन ।
स्थानीय निकायमा जनप्रतिनिधि नहुदा बनेका भौतिक संरचनाको संरक्षण, सम्वर्धन र मर्मत संभार हुन नसक्नुको कारण स्थानीय निकायले जवाफ दिनु पर्ने अध्यक्ष पौडेलको भनाई रहेको छ । भगवान गौतम बुद्ध संग सम्वन्धीत ऐतिहासिक वस्तु, पर्यटकीय क्षेत्र र भौतिक संरचनाहरु स्थानीय निकाय र लुम्विनी विकास कोषले हेर्नुपर्ने अध्यक्ष पौडेलको भनाई रहेको छ । त्यसैगरी देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरेले भने निर्माण गरिएका प्रवेशद्धार लुम्विनी सर्किट संग जोडिएकोले उक्त भौतिक संरचना रहने वा नरहने कुनै निश्चित नभएका कारण नगरपालिकाले यसको मर्मत संभार नगरेको बताउछन ।
भवानीपुर, कन्यामाई तथा पाकरीवृक्ष जाने प्रवेशद्धारको र्मत संभारको लागि आर्थिक बर्षमा कुनै पनि बजेट विनियोजन गर्न नसकिएको अधिकृत घिमिरेको भनाई रहेको छ । उता लुम्विनी विकास कोषका सदस्य सचिव आजितमान तामाङ्गले देवदहको शितलनगरमा निर्माण गरिएको बुद्धमावली प्रवेशद्धारको मर्मत संभार र संरक्षणको काम लुम्विनी विकास कोषको नभई स्थानीय निकायको रहेको बताउछन । देवदह नगरपालिकाले निर्माण गरेको एकिकृत गुरुयोजना भित्र पारी उक्त प्रवेशद्धारको मर्मत संभार र संरक्षण गर्नुपर्ने सदस्य सचिव तामाङ्गको भनाई रहेको छ ।
प्रवेशद्धारको मर्मत संभार र संरक्षणको लागि लुम्विनी विकास कोषको गुरुयोजनामा नरहेको सदस्य सचिव तामाङ्गको भनाई रहेको छ । तामाङ्गका अनुसार उक्त प्रवेशद्धारको मर्मत संभारको लागि सम्वन्धीत ठाउबाट कुनै पनि कुरा नआएकोले आफुहरुको योजनामा नपरेको सदस्य सचिव तामाङ्गको भनाई रहेको छ । भगवान गौतम बुद्धको मावली स्थल देवदह क्षेत्रमा निर्माण भएका ऐतिहासिक भौतिक संरचनाहरुको संरक्षण र यसको मर्मत संभार गर्ने जिम्मेवारी कसको हो ?
देवदह क्षेत्रमा भगवान गौतमको नाम भजाएर लाखौ रुपैया ल्याउने विभिन्न संघसंस्थाहरु गठन भएपनि निर्माण गरिएका भौतिक संचरनाको मर्मत संभार र संरक्षण सम्वर्धनको काम हुन सकेको छैन । यस्ता ऐतिहासिक चिजहरुको संरक्षण र सम्वद्र्धन गर्न सम्वन्धीत निकाय लाग्नु पर्ने देखिन्छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण