गृहपृष्ठ » समचारखानेपानी ट्याङ्कीमा मेटासिट विष हालेको आशंका, पोखरीका आठ सय माछा मरे

खानेपानी ट्याङ्कीमा मेटासिट विष हालेको आशंका, पोखरीका आठ सय माछा मरे

May 10, 2016६४ पटक

शिव राज खनाल दाङ
तुलसीपुर, २८ वैशाख तुलसीपुर १० भट्टे स्थित खानेपानीको ट्याङ्कीमा अज्ञात व्यक्तिले विषादी हालेको आशंका गरिएको छ ।

त्यहाँ एउटा पोखरीमा पालेको आठ सय माछा मरेपछि त्यस्तो आशंका गरिएको हो । स्थानीय गणेश चन्दको माछा पोखरीमा उक्त पानी प्रयोगगर्दा झन्डै आठ सय माछाहरु मरेपछि विषादी हालेको आशंका गरिएको छ । चन्दको झण्डै ५० हजार बढीको क्षति भएको छ । लिस्नेखोली खानेपानी उपभोक्ता तथा सरसफाई समितिका सचिव केशरबहादुर वलीले पनि गाउँका लागि वितरण गरिने खानेपानी ट्याङ्कीमा अपराधिक मानसिकता भएको अज्ञात व्यक्तिले विष हालेको बताउनुभएको छ । वलिका अनुसार पानिमा मेटासिटको गन्ध आएपछि पानीको ल्याव परिक्षणको लागिे नेपालगञ्ज पठाईएको र पानीमा कस्तो विषादी हालिएको छ भन्नेबारे आज दिउसो मात्रै थाहा हुने छ । खानेपानी ट्याङ्कीमा विषादी हालेको आशंकामा एकजनालाई ईलाका प्रहरी कार्यालय तुलसीपुरले नियणत्रणमा लिएर अनुसन्धान थालेको छ । स्थानीय २९ वर्षीय प्रेमबहादुर केसीलाई प्रहरीले हिजो नै नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो । स्थानियहरुले दोषीलाई पहिचान गरी हदै सम्मको कार्बाही हुनु पर्ने माग गरेका छन् । लिस्नेखोली खानेपानी उपभोक्ता तथा सरसफाई समितिका सचिव केशरबहादुर वलीले हिजो विहान धारामा पानी वितरणका लागि चाँबी खोल्ने क्रममा विषादीको गन्ध आएपछी पानी वितरण गरिएको थिएन । त्यसयता उक्त ट्याकीको पानी वितरण गरीएको छैन । ट्याङ्कीमा करिब १५ लिटर विषादी हालेको अनुमान गरिएको छ । भट्टेमा उक्त ट्याङ्कीवाट एक सय १५ वटा धारा वितरण गरिएको छ । विषादीको हल्ला चुलिएपछी खानेपानी उपभोक्ता तथा सरसफाई डिभिजन कार्यालय दाङले परिक्षण पश्चात मात्रै पानी वितरण गर्न र पिउन आग्रह गरेको छ ।

हाललाई पानी प्रयोग नगर्न आग्रह गरिएको छ । विल्चिङ पाउडरले ३÷४ पटक भित्ता र सतह सफा गरेपछि पानी प्रयोगमा ल्याउन सकिने डिभिजनका इञ्जिनियर तिलक न्यौपानेले जानकारी दिनुभयो ।।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण