गृहपृष्ठ » बिचार/ब्लगके हो राष्ट्र बाद

के हो राष्ट्र बाद

May 10, 2016३९६ पटक

received_1028088787273317खेमराज दाहाल

आफ्नो जन्म भुमि मातृ भुमि आफु खेलेको कुदेको त्यो डील त्यो काल्लो त्यो भिर पाखा हिमाल पहाड कस्लाई माया हुन्न होलार । तिनै खोला नाला हिमाल पहाड भएको देश जस्ले आफ्नो भाषा धर्म सस्कृती पहिचान हरु दिन्छ त्यस देश को माया कस्लाई नलाग्ला र । एउटा साधारण मान्छे ले आफ्नो देश आफ्नो मातृ भुमि लाई आफु भन्दा बेशी माया गर्नु नै राष्ट्रबाद हैनर । एउटा रण भुमि मा दुश्मन हरु लाई मारी जित हासिल गर्नु मात्र बीर योद्धा कहलिदैन उस्ले आफ्ना प्रजा हरु मा एउटा पनी प्रजा लाई बचाउन सके मा बीर पुरुस कहलाउछ ।त्यसै गरी दोस्रो को सधै बिरोध गरेर मात्र आफु राष्ट्रबादी होइन्दैन त्यसको लागी हरेक क्षत्र बाट आफ्नो देश मा आउने समस्या हरु को समांधान गर्नु खोज्नु चाही राष्ट्रबादी केहेलाइन्छ ।

तर अहिले हाम्रो देश को पछिल्लो राजनितिक घटना क्रम ले राष्ट्रबाद को अर्थ नै अर्को लगाई दिएका छन् आफ्नो राजनीतक छबि अनुकुल ब्याख्या गर्दै आएका छन् । देश र जनता को सबै भन्दा ठुलो अधिकार गाँस बास र कपास हो तेहि बाट बन्चित हजारौ जनता खुला आकाश को छाना मुनी बस्न बाध्य छन् । एस्तो अबस्था मा गुज्री रहेको देश ठुला राजनितिक दल नेतृत्व हरु को मनो मानी ले देश ले अरु थप अस्थिरता बेहोर्न परेको छ ।

ओली आफु प्रधानमन्त्री हुदा नाका बन्दी पनी भएको भुकम्प पनी आई सकेको आफु ले ल्याएको समस्या नभयको बताउदै आफु लाई यी समस्या बाट पर राख्दै आएका छन् । बिनाशकारी महा भुकम्प को प्रकोप बेहोरी रहेका बेला दक्षिणी सीमा नाका बन्दी ले लाख़ौ जनता ले कष्ट बेहोर्न पर्दा पनी जनता ले धैर्यता स्वभिमान र एकता देखाए तर देश को नेतृत्व तह मा भने एस्को कुनै असर नै देखिएन । भुकम्प गएको छैटौ महीना सम्म त राज्य ले भुकम्प पिडित को लागी कुनै त्यस्तो महत्वो पूर्ण योजना नै ल्याएन सबै राजनीतक दल शीर्ष नेतृत्व हरु संबिधान बनाउन मा नै अल्झिये । कुनै पनी देश का जनता को सबै भन्दा पहिलो अधिकार भनेको गाँश,बॉश र कपाश हो तर तेहि अधिकार बाट बंचित देश का जनता हरु खुला आकास को छानो मुनि बस्न बाध्य छन् ।भुकम्प बाट घर बार बिहीन जनता ले एक बर्ष सम्म पनी उत्कृष्ट राहत नापाउदा बर्खा, झरी बादल सबै खुल्ला आकाश मुनि बिताउन पर्यो भने कती बाल बच्चा बृद्ध महिला सुत्केरी हरु ले काहिले जाडो ले कठानग्रिएर त कहिले गर्मी ले अकाल मा ज्यान गुमाउन पर्यो । देश का जनता को जीउ धन को सुरक्षा गर्न नसक्ने निकम्मा सरकार कसरी राष्ट्रबादी भयो ।

२०७२ साल बैसाख १२ गते को प्रलय कारी भुकम्प र तेस पछी का पराकम्पन बाट थिन्ग्रीयर हिड्न नसकेका जनता तेस पछी को लगातार को नाकाबन्दी ले अरु कष्ट थपी दियो तर यो नाका बन्दी को जिम्बेवारि भने कोही पनी दल पार्टी तथा शिर्ष नेता हरु ले लिएका छैनन् । बास्तबमै यो एक राजनीतक गैर जिम्बवारी का कारण र कूटनीतिक असफलता का कारण भएको हो । भुकम्प गएको एक बर्ष बीती सक्दा पनी भुकम्प पिडित ले उत्कृष्ट राहत पाउन सकेका छैनन् भने नाकाबन्दी को कारण कालोबजारी ले आकाश छुएको महँगी ले थप पिडित हुन परेको छ । आज का मिती सम्म पनी सरकार ले कालोबजारी को ब्यबस्थापन गर्न नसक्नु आफै मा प्रश्न को बिषय बनेको छ ।झन सारो सरकारी उच्च तह बाट नै कालोबजारी को प्रोत्साहन तथा समर्थन गर्ने अभिब्यक्ती दिने सरकार कसरी राष्ट्रबादी भयो।

देश को अर्थतन्त्र भुकम्प र नाकाबन्दी ले जरजर भएको अबस्था मा जम्बोटोली लिएर बिदेश भ्रमण मा निस्कनु सरकारी कोष मा भएको रकम यसरी बिलासीएता मा सक्नु खर्च गर्नु राष्ट्रबाद हो रु आफु अनुकुल नभय पुर्बग्रही ढंग बाट बिरोध र आलोचान गर्नु र त्यस्को साथ छाड्नु मात्र राष्ट्रबाद होला त , बर्षो देखिको भारत सँग को समीप्यता लाई पछाडी छाड्दै चीन सँग मात्र लिप्त हुनु मात्र राष्ट्रबाद हो भनेर यस सरकार ले मात्र परिभाषा गरेर हुन्छ की भोली आउने दिन पनी हेर्न पर्छ । ब्यबस्थापिका संसद को सबै भन्दा ठुलो दल नेपाली कांग्रेश ले आफ्नो नेतृत्व मा भएको बृहत जन आन्दोलन शान्ति सम्जौता त्यस्तै स्व शुशील कोइराला को नेतृत्व मा आएको संबिधान को कार्यन्वयन लागी भन्दै संयुक्त राष्ट्रिय सरकार को लागी प्रस्ताब गर्दा अनाहक रूप मा भारत को हस्तक्षप देखिन्छ ।

ब्यबस्थापिका संसद को सबै भन्दा ठुलो शक्ति का रूप मा रहेको पार्टी लाइ बाहिर राखेर संबिधान कार्यन्वयन गर्न देखि भुकम्प पुन निर्माण मा समेत असर पर्ने हुदा सबै को एकता ले मात्र बाहिरी हस्ताक्षप को बिरुद्ध उभिन सकिन्छ भन्ने एस्तो महत्व पूर्ण कुरा लाई कुनै आधारभूत कुरा नसमजीने सरकार कसरी राष्ट्रबादी भयो र हुन्छ रु देश को नै सबै भन्दा ठुलो सक्ति को रूप मा स्थापित भएको पार्टी आफ्ना बिभिन्न कारण ले त्रुटि ले सरकार बाहिर बस्न पुग्यो एस्तो ठुलो शक्ति लाइ सत्ता समीकरण गर्न खै मौका दिएको एस्तो पुर्बाग्रही ढँग बाट अगाडी बढेको सरकार लाइ कसरी राष्ट्रबादी भन्ने । बिभिन्न निकाय हरु मा राजनितिक गतिबिधि भित्र्यायेर काम गर्ने इच्छा शक्ति भएका निकाय हरु लाई पनी काम गर्न नदी तठस्थ बनाइएको अबस्था छ । भुकम्प पुन निर्माण प्राधिकरण मा पनी बिभिन्न बिरोध का बाबजूद आफ्नो सरकार निकट को मानिस लाइ मनोनीत गरी बिभिन्न निकाय मा आफ्नै मुढे बल ले राजनितिक पार्टीका समकक्षि हरु लाई मनोनीत गर्नु लाइ राष्ट्रबाद भनिन्छ ।

खेमराज दाहाल/उदयपुर हाल साउदीअरबियाबाट

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण