गृहपृष्ठ » मनोरञ्जनथाईल्याण्डमा हुने भयो ‘प्रेम गीत २’ को छायांकन !

थाईल्याण्डमा हुने भयो ‘प्रेम गीत २’ को छायांकन !

May 10, 2016३४६ पटक

 

चलचित्र “प्रेम गीत” लाई सिंगापुर पछी थाईल्याण्डको फुकेटमा समेत रुचाइएको छ । आसुसेन फिल्मस् प्रा लि को ब्यानरमा निर्मित यो चलचित्र यतिबेला अन्य देशमा समेत रिलीजको तयारीमा रहेको छ । हालै थाईल्याण्डको फुकेट सिटीमा आयोजना गरीएको सो मा चलचित्र हेर्न दर्शकको भिड लागेको सुबाश सिंह ठकुरीले बताए ।Pradeep-Khadka-Prem-Geet-6

नेपाली संघ संथा तथा पदाधिकारीहरुले सहयोगमा गरिएको उक्त सोमा चलचित्रका नायक तथा निर्माता सन्तोस सेनको समेत सहभागीता रहेको थियो । उक्त सोमा चलचित्र हेरिसकेपछि चलचित्रका नायक प्रदिप खड्काको काम मन पाराउदै दर्शकले प्रदिप संग सेल्फी समेत हानेका थिए ।

यस्तै चलचित्र प्रेम गीतको छायांकन थाईल्याण्डको बैंगकक र फुकेटमा हुने निर्माता सन्तोसले उक्त कार्यक्रममा घोषणा गरे ।सुदर्शन थापाले निर्देशन गरेको यो चलचित्रमा प्रदिप संगै पुजा शर्मा , सरोज खनाल लगायतको मुख्य भूमीका रहेको छ  ।

nepali-movie-prem-geet-2 premgeet

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण